अलबिदा प्रदीप गिरि !

नेपाली कांग्रेसका नेता प्रदीप गिरिको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । आइतबार दिउँसो उनको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको हो ।

गिरिलाई अन्तिम श्रद्धाञ्जली दिन प्रधानमन्त्री शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री बालकृष्ण खाण, अरु मन्त्री, सांसद र सर्वसाधारण आर्यघाट पुगेका थिए । गिरिलाई उनका छोरा सन्तोष र भतिजाहरू प्रन्ययन गिरि र सन्दर्भ गिरिले दागवत्ती दिएका थिए ।

प्रखर समाजवादी चिन्तक गिरिको ७५ वर्षको उमेरमा शनिबार राति साढे नौं बजे ललितपुरको भैंसेपाटीस्थित मेडिसिटी अस्पतालमा उपचारको क्रममा निधन भएको थियो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *