बेहोस बनाउने औषधी खुवाएर सुनको औंठी चोरी गर्ने महिला पक्राउ

बेहोस बनाउने औषधी खुवाएर सुनको औंठी चोरी गरेको अभियोगमा एक जना महिला पक्राउ परेकी छन्।

भोजपुर घर भई काठमाडौंको गोकर्णेश्वर नगरपालिका–८ अत्तरखेल बस्ने ८० वर्षीय वृद्धको आधा तोलाको सुनको औंठी चोरी गरेको अभियोगमा अत्तरखेलमा खाजा घर सञ्चालन गर्दै आएकी ५५ वर्षीया निमा लिम्बुलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो।

निमाले ती वृद्धलाई खाजा घरमा नाम नखुलेको लठ्याउने औषधी खुवाई बेहोस बनाएर उनको सुनको औठी चोरी गरेको भन्ने सूचनाका आधारमा प्रहरी बिट माकलबारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । ती वृद्धको नेपाल मेडिकल कलेज अत्तरखेलमा उपचार भइरहेको छ।

घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *