![Pardafas.com](https://www.pardafas.com/wp-content/uploads/2022/06/pardafas-logo.png)
काठमाडौंबाट समातिए एक महिनामा ८८ अपराधी
![clock](https://www.pardafas.com/wp-content/themes/pardafas/assets/img/clock-icon.png)
![काठमाडौंबाट समातिए एक महिनामा ८८ अपराधी](https://www.pardafas.com/wp-content/uploads/2022/08/Metro-Police-Range-Kathmandu-079-05-06.jpg)
काठमाडौंबाट एक महिनामा विभिन्न आपराधिक क्रियाकलापमा संलग्न ८८ जना पक्राउ परेका छन्।
चालु आर्थिक वर्ष २०७९/०८० को पहिलो महिना साउनको १ गतेदेखि ३१ गतेसम्मको अवधिमा उनीहरूलाई काठमाडौंका विभिन्न स्थानबाट पक्राउ गरिएको काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी दिनेशराज मैनालीले जानकारी दिए ।
अदालतले कैद र जरिवाना सुनाएका तर फरार रहेका उनीहरूलाई पक्राउ गरी फैसला कार्यान्वयनका लागि अदालत पेश गरिएकाे एसपी मैनालीले बताए।
उनीहरूबाट अदालतले ११ वर्ष ७ महिना २८ दिन कैद भुक्तान र ४१ लाख ९१ हजार ३२२ रुपैयाँ २५ पैसा जरिवाना असुल गरेको छ।
प्रतिक्रिया