पार्टीभित्रको अनुशासन तोड्ने पात्र र प्रवृत्तिलाई कारबाहीको दायरामा ल्याएरै छोड्छु : प्रचण्ड

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टीको नीति, विधि र सिद्धान्तविपरीत गएर निर्वाचनमा अन्तर्घात गर्नेलाई कारबाही गर्ने बताएका छन् ।

गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा आफ्नै पार्टीका उम्मेदवार हराउन र अन्तर्घातमा संलग्नलाई कारबाही गर्ने उनको भनाइ छ । अन्तर्घात छानबिनका लागि माओवादीले अनुशासन आयोगका अध्यक्ष टंक राईको नेतृत्वमा खिमलाल देवकोटा र मुक्ति प्रधान सदस्य रहेको छानबिन समिति गठन गरेको थियो ।

सो छानबिन समितिको प्रतिवेदन पार्टी केन्द्रीय कार्यालयमा सोमबार बुझ्दै उनले पार्टीभित्रको अनुशासन तोड्ने कार्य आफैंमा गम्भीर रहेको भन्दै त्यस्ता पात्र र प्रवृत्तिलाई कारबाहीको दायरामा ल्याउने प्रतिबद्धता जनाएका हुन् । उनले दोषीलाई कारवबही नगरे माओवादी कम्युनिस्ट पार्टीजस्तो पनि नरहने बताए ।

“अनुशासन तोड्नेलाई कारबाही नगर्ने हो भने कम्युनिस्ट पार्टी कम्युनिस्ट पार्टीजस्तो रहँदैन”, उनले भने । उनले निर्वाचनमा भएको अनियमितता र गडबडी सच्याउनेभन्दा पनि पार्टीलाई विधि र अनुशासनमा चलाउने विषयसँग सम्बन्धित रहेको उल्लेख गरे ।

छानबिन समितिले गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा विशेष गरी मधेस प्रदेशमा विभिन्न जिल्लामा अन्तर्घात भएको तथा अन्य प्रदेशका केही जिल्लामासमेत समस्या रहेको भन्दै जिम्मेवारीअनुसार कारवाहीको सिफारिस गरिएको छ ।

समितिले देशभरका पाँच सयभन्दा बढी नेता तथा कार्यकर्तासँग बयान लिएको थियो । गत स्थानीय तहको निर्वाचनमा दुई सय स्थानीय तहमा निर्वाचन जित्ने प्रक्षेपण गरेको माओवादीले अन्तर्घातका कारण अपेक्षित परिणाम आउन नसकेको भन्दै छानबिन समिति गठन गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर