विप्लवको नेपाल बन्दको प्रभाव उपत्यकामा न्यून

नेत्रविक्रम चन्द विप्लवको नेतृत्वमा नेकपाले आयोजना गरेको नेपाल बन्दको प्रभाव राजधानीमा न्युन देखिएको छ ।
तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले गरेको ३ बुँदे सहमति कार्यान्वयन नगरि आफ्ना नेता तथा कार्यकर्तालाई पक्राउ पूर्जी जारी गरेको, अमेरिकासँग मिलेनियम च्यालेन्ज कर्पोरेसन(एमसीसी)को आर्थिक परियोजनाहरुलाई अघि बढाएको, महंगी र राष्ट्रघाती सन्धी सम्झौताविरुद्ध विप्लव नेतृत्वको नेकपासहितका चार दलले बन्दको आव्हान गरेका हुन् ।
जसमा नेकपासँगै ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी, आहुति नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी र कर्णजीत बुढाथोकी नेतृत्वको नेकपा माओवादी समाजवादी रहेका छन् ।
बन्द भएपनि काठमाडौंमा उपत्यकामा निर्वाह रुपमा निजी तथा सार्वजनिक सवारी साधान सञ्चालन भएका छन् भने पसलहरु सञ्चालनमा रहेका छन् । शहरको मुख्य चोकहरुमा सुरक्षाकर्मीहरुको बाक्लो उपस्थिति छ ।
यसैबीच सोमबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा गृहमन्त्री बालकृष्ण खाँणले विप्लव नेतृत्वको भएको सम्झौता कार्यान्वयन गर्न सरकार प्रतिवद्ध रहेको बताएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर