२५ बन्दकर्ता पक्राउ, दाङमा टिपरमा आगो लगाइयो, ठाउँठाउँमा शंकास्पद बस्तु फेला

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपासहित चार वटा कम्युनिष्ट पार्टीले आह्वान गरेको नेपाल बन्दको क्रममा विभिन्न स्थानमा तोडफोड गरिएको छ भने प्रहरीले कम्तीमा २५ जना बन्दकर्तालाई पक्राउ गरेको छ । काठमाडौं उपत्यकाबाट १९ जना बन्दकर्ता पक्राउ गरेको छ। बन्द गराउँदै हिडेका १ जनालाई लगनटोल, माछापोखरी र बसपार्कबाट पक्राउ गरिएको छ । एकजना ललितपुरबाट पक्राउ परेका हुन् । काठमाडौंबाट पक्राउ परेकाहरुलाई भृकुटीमण्डप स्थित नगर प्रहरीको कार्यालयमा राखिएको छ ।
त्यसैगरी कोटेश्वरबाट एक जना बन्दकर्तालाई पक्राउ गरिएको छ । पक्राउ परेका व्यक्ति सवारी साधानमा तोडफोडमा संलग्न रहेको प्रहरीले जनाएको छ । पठाओ चढेर आएका ती युवकले कोटेश्वरमा एउटा बस र अर्को हायस तोडफोडगरेका थिए ।
यसैगरी काभ्रेको बनेपामा चार दोबाटो चोकमा बनेपाको चार दोवाटो चोकमा बन्दकर्ता र प्रहरीबीच केही समयमा घम्साघम्सी परेको थियो ।
त्यस क्रममा केही बन्दकर्तालाई प्रहरीले पक्राउ गरेको छ । दाङमा भने बन्दकर्ताले एउटा टिपरमा आजगानी गरेको छ ।
दाङको बबई पुल नजिकै बन्दकर्ताले टिपरमा आगजनी गरेका छन् । प्रहरीले ४ जना बन्दकर्तालाई पक्राउ गरेको छ ।
बैतडी, कैलाली र काभ्रेमा शंकास्पद बस्तु भेटिएको छ । जसलाई सेनाको बम डिस्पोजल टोलीले डिफ्युज गरेको छ ।
गोदावरी नगरपालिका–१ अत्तरियास्थित मोहनापुलमा टिफिनको बट्टा शंकास्पद तरिकाले राखिएको भेटिएको हो । पूर्वपश्चिम राजमार्ग अन्तर्गत हरैया शिविर नजिक कुकर फेला परेको प्रहरीले जनाएको छ । बन्द गराउँदै हिडेका विप्लव नेकपाका २ जना कार्यकर्ता डोटीमा पक्राउ गरेको छ ।

तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले गरेको ३ बुँदे सहमति कार्यान्वयन नगरि आफ्ना नेता तथा कार्यकर्तालाई पक्राउ पूर्जी जारी गरेको, अमेरिकासँग मिलेनियम च्यालेन्ज कर्पोरेसन(एमसीसी)को आर्थिक परियोजनाहरुलाई अघि बढाएको, महंगी र राष्ट्रघाती सन्धी सम्झौताविरुद्ध विप्लव नेतृत्वको नेकपासहितका चार दलले बन्दको आव्हान गरेका हुन् ।
जसमा नेकपासँगै ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी, आहुति नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी र कर्णजीत बुढाथोकी नेतृत्वको नेकपा माओवादी समाजवादी रहेका छन् ।
यसैबीच सोमबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा गृहमन्त्री बालकृष्ण खाँणले विप्लव नेतृत्वको भएको सम्झौता कार्यान्वयन गर्न सरकार प्रतिवद्ध रहेको बताएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर