सिट बाँडफाँटका लागि सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठक बस्दै

मंसिर ४ गते हुने आमनिर्वाचनका लागि सिट बाँडफाँटको विषयमा छलफल गर्न सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठक बस्दै छ ।

कृष्ण प्रसाद सिटौला नेतृत्वको सिट बाँडफाँट कार्यदलसहित शीर्ष नेताहरू बैठक बस्न लागेका हुन् । बैठक मंगलबार दिउँसो ३ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको कार्यदलका एक सदस्यले जानकारी दिए ।

भदौ पहिलो साताभित्र सिट बाँडफाँट गरिसक्ने गरी शीर्ष नेताहरू कसरतमा छन् ।

गठबन्धनका नेताहरूले आगामी मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा तालमेल गर्ने निर्णय गर्दै सिट बाँडफाँटका लागि ११ सदस्यीय कार्यदल गठन गरेका थिए ।

२० साउनमा गठन भएको कार्यदललाई साउन मसान्तसम्मको समयसीमा दिइए पनि कार्यदलले सो अवधिमा काम पूरा गर्न सकेन । कार्यदलले उक्त काम शीर्ष नेताहरूलाई नै सुम्पिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर