‘अन्डरवेयर’ र ‘सेन्डो’मा झन्डै एक किलो सुन, भारतीय नागरिक पक्राउ

अवैध रूपमा भन्सार छलेर ल्याएको ७ सय ७७ ग्राम सुनसहित काठमाडौंबाट भारतीय नागरिक पक्राउ परेका छन् । भारत दिल्लीका ३४ वर्षीय बिकाश महाजनलाई काठमाडौं महानगरपालिका–९ सिनामंगल गोल्डेन गेटस्थित पार्किङस्थलबाट सोमबार प्रहरीले पक्राउ गरेको हो ।

महाजनसमेतका केही व्यक्तिहरूले भन्सार छली अवैध रूपमा सुन ल्याएर कारोबार गर्न लागेको भन्ने सूचना प्रहरीले प्राप्त गरेको थियो । अनुसन्धानका लागि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मीनभवनबाट खटिएको प्रहरीले उक्त पार्किङस्थलमा शंकास्पद अवस्थामा फेला पारी जाँच गर्ने क्रममा महाजनले सेन्डो र अन्डरवेयरमा पेष्ट गरेको उक्त सुनसहित १९ हजार ५ सय भारतीय रुपैयाँ र ४ सय २० यूएई दिरामसहित उनलाई पक्राउ गरेको हो ।

उनले उक्त सुन दुबईबाट भारततर्फ लैजाने लागेको प्रारम्भिक अनुसन्धानबाट खलेको छ ।
बरामद सुनसहित उनलाई भन्सार छलीसम्बन्धी कसुरमा थप अनुसन्धान तथा कारबाहीका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय, गौचर पठाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर