सत्ता गठबन्धनका शीर्ष नेताको बैठक निष्कर्षविहीन

सत्तारूढ गठबन्धनका शीर्ष नेताहरूको बैठक बिना निष्कर्ष टुंगिएको छ।

सिट बाँडफाँटबारे छलफल गर्न मंगलबार प्रधानमन्त्री निवास, बालुवाटारमा बसेको बैठकमा शीर्ष नेताहरूका साथै कार्यदलका सदस्यहरू  पनि सहभागी थिए । कोरोना परीक्षण गर्न गएकाले कार्यदलका संयोजक कृष्णप्रसाद सिटौला भने अनुपस्थित थिए ।

कार्यदलमा कुनै सहमति नभएको र संयोजक पनि अनुपस्थित भएकाले मंगलबारको बैठक छलफलमा सीमित भएको एक नेताले बताए । उनका अनुसार सिट बाँडबाफाँटबारे छलफल गर्न बुधबार फेरि बैठक बोलाउने सहमति भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर