कर्मचारी समायोजनका १३ मुद्दामा सर्वोच्चले जारी गर्‍याे परमादेश

सर्वोच्च अदालतको संवैधानिक इजलासले कर्मचारी समायोजनसम्बन्धी मुद्दाहरूमध्ये १३ वटामा परमादेश जारी गरेको छ । कर्मचारी समायोजनसम्बन्धी कुल ९८ थान मुद्दा रहेकोमा १३ वटामा परमादेश जारी गर्दै संवैधानिक इजलासले मंगलबार अन्यको रिट खारेज गरेको हो ।

संवैधानिक इजलासमा कामु प्रधानन्यायाधीश दीपककुमार कार्कीसहित, न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, अनिल कुमार सिन्हा, वमकुमार श्रेष्ठ र टंकबहादुर मोक्तान रहेका थिए । सरकारले निजामती कर्मचारीहरुलाई संघ, प्रदेश र स्थानीय सेवामा समायोजन गरेपछि सर्वोच्च अदालतमा रिट दायर भएको थियो। कर्मचारी समायोजनसम्बन्धी मुद्दामा गम्भीर संवैधानिक व्याख्या गर्नुपर्ने भन्दै सर्वोच्चले संवैधानिक इजलासमा पठाएको थियो ।

सरकारले निजामती सेवामा रहेका कर्मचारीहरूलाई स्थानीय र प्रदेश सभामा समायोजन गरेको थियो । यस क्रममा कनिष्ठ कर्मचारीहरुलाई स्थानीय र प्रदेश तहमा पठाउने भएको थियो । आफूहरुलाई अन्यायपूर्ण तरिकाले समायोजन गरिएको भन्दै कर्मचारीहरूले सर्वोच्च अदालतमा मुद्दा हालेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *