बर्खास्त न्यायाधीश रेणुका शाहको रिटमा ‘कारण देखाऊ’ आदेश जारी

बर्खास्तीमा परेकी पूर्वन्यायाधीश रेणुका शाहको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार छ । न्यायाधीश ईश्वर खतिवडाको एकल इजलासले सो रिटमा ‘कारण देखाऊ’ आदेश जारी गरेको हो ।

यसअघि न्यायाधीश नहकुल सुवेदीको एकल इजलासले गत साउन २३ मा यस रिटमा सक्कल फाइल झिकाउन आदेश दिएको थियो । गत असार २४ गते न्याय परिषद्को बैठकले न्यायाधीश साहलाई बर्खास्त गर्न प्रधानन्यायाधीशसमक्ष सिफारिस गरेपछि कामु प्रधानन्यायाधीश दीपककुमार कार्कीले कार्यान्वयन गरेका थिए । परिषद्ले साहलाई बर्खास्त गर्दा नियुक्ति लिने समयमा आफ्नो अयोग्यता लुकाएको आरोप लगाएको छ ।

न्याय परिषद्ले बर्खास्तका लागि सिफारिस गर्दा साहले निरन्तर १० वर्षसम्म वकालत गरेको नपाइएको र उच्च अदालतमा न्यायाधीश बन्ने तीन दिन अगाडिसम्म पनि प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद्मा जागिर खाइरहेको पाइएको बताएको छ ।

न्यायाधीश शाहले उच्च अदालतको न्यायाधीशमा नियुक्ति लिँदा निरन्तर वकालत नगरेको र सीटीईभीटीमा जागिर खाएको खुलेको थियो । अर्धसरकारी निकायमा प्रशासन तर्फको काम गरेकी न्यायाधीश शाहले निरन्तर १० वर्षसम्म वकालत नगरेको पाइएपछि न्याय परिषद्ले उनलाई बर्खास्त गरेको थियो ।

सोही बर्खास्तीविरुद्ध शाहले साउन १९ गते सर्वोच्च अदालतमा उक्त निर्णय बदर गर्न माग गर्दै रिट दर्ता गराएकी थिइन् । शाहको रिटमा न्याय परिषद, कामु प्रधानन्यायाधीश, कानुन तथा न्यायमन्त्री, सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश, दुई न्याय परिषद्का अन्य सदस्य, कामु मुख्य रजिष्ट्रार र न्याय परिषद्का सचिवलाई विपक्षी बनाइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *