लेफ्टिनेन्ट कर्णेल काफ्लेको नेतृत्वमा ८० जना नेपाली शान्ति सेनाको टोली मिनुस्मा मिसन प्रस्थान

प्रमुख सेनानी विवेक काफ्लेको नेतृत्वमा थप ८० जना नेपाली सेनाको टोली मिनुस्मा मिसन प्रस्थान गरेको छ। मंगलबार यूएन चार्टड फ्लाइट (नेपाल एयरलाइन्स ए–३२०) को उडानमार्फत उनीहरू काठमाडौंबाट मिसन इलाकातर्फ प्रस्थान गरेको नेपाली सेनाले जनाएको छ।

मिनुस्मा मिसनका लागि मालीमा तैनाथ ईओडी गुल्म (शान्ति सेना) आठौं डफ्फालाई बदली गर्न ईओडी गुल्म (शान्ति सेना) को नवौं डफ्फाको पहिलो फ्लाइटमा उनीहरू त्यसतर्फ प्रस्थान गरेका हुन्।

यसअघि सोमबार प्रमुख सेनानी विजय बस्नेतको नेतृत्वमा ११६ जनाको टोली मिसनका लागि माली प्रस्थान गरिसकेका छन्।

कालीजंग गण (शान्ति सेना) एलआईबी पहिलो डफ्फाको एड्भान्स टिम र सैनिक प्रहरी युनिट (शान्ति सेना) सातौं डफ्फालाई बदली गर्न सैनिक प्रहरी युनिट (शान्ति सेना) आठौं डफ्फा त्यसतर्फ गएका हुन्।

संयुक्त राष्ट्रसंघको आह्वानमा शान्ति स्थापनार्थ विगतदेखि नै नेपाली सेनाले विभिन्न मिसनहरूमा सहभागी भई द्वन्द्वग्रस्त मुलुकहरूमा शान्ति स्थापना कार्यमा महत्त्वपूर्ण योगदान पुर्‍याउँदै आएको छ ।

उक्त मिसनका लागि सशस्त्र प्रहरीले पनि आफ्नो टोली पठाउने तयारी गरिरहेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सशस्त्रका १४० जनाको टोली मिसनका लागि पठाउने गृह मन्त्रालयको प्रस्ताव स्वीकृत गरेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर