सुन तस्करसँग साठगाँठ गरेको आरोप लागेका सईबारेको समाचारमा पुलिस हेडक्वार्टरकाे ध्यानाकर्षण

प्रहरी प्रधान कार्यालयले सुन तस्करसँग साठगाँठ गरेको भन्दै प्रहरी वरिष्ठ नायव निरीक्षक (सिनियर सई) टंक कार्कीबारे मिडियामा आएका समाचारप्रति ध्यानाकर्षण भएको जनाएको छ।

मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै केन्द्रीय प्रहरी प्रवक्ता डीआईजी टेकप्रसाद राईले सई कार्कीबारे छापा तथा अनलाइन मिडियामा प्रकाशित समाचारमा प्रहरी प्रधान कार्यालयको ध्यानाकर्षण भएको जनाएका छन्। सई कार्कीलाई प्रहरी प्रधान कार्यालय तानेर उनीमाथि अनुसन्धान भइरहेको छ।

एक युवकलाई असार १६ मा प्रहरी वृत्त गौशालाले थुनेको थियो । तर, थुनामा रहेका व्यक्तिको गाडीमा रहेको ४ लाख रुपैयाँ उनै सई कार्कीले गायब बनाएको आरोप छ । थुनामा परेका व्यक्तिलाई सई कार्कीले धम्क्याएर रकम असुल्न खोजेको आरोप पनि छ । त्यसअघि असार ९ मा दुबईबाट ५ जना मानिस ५० ग्राम सुनसहित आएका थिए । तर, सुन पठाउनेले भनेको मानिसलाई सुन नदिएर अरुलाई दिएपछि सई टंक कार्कीले सुन पठाउने मानिसको योजनाअनुसार काम गरेको आरोप लागेको छ ।

प्रहरी प्रवक्ता राईले यस विषयमा विस्तृत अनुसन्धानपछि सबै विषय बाहिर आउने र दोषी देखिए सईमाथि कारबाही गरिने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *