भिजिट भिषामा कुबेत हुँदै दुबई जान लागेका ३९ महिलालाई विमानस्थलमा रोकियो

प्रहरीले भिजिट भिसामा कुबेत हुँदै संयुक्त अरब इमिरेट्स (युएई) को दुबई जान लागेका ३९ जना महिलालाई बुधबार बिहान विमानस्थलमा रोकेको छ । विमानस्थल प्रहरीका अनुसार ती महिलाहरु अल जजिरा एयरबाट कुबेततर्फ जान लागेका थिए ।
‘कुबेत हुँदै दुबई जान लागेकोहरुको कागजात शंकास्पद रहेको र आवश्यक कागजात पुरा नभएर नेपाली नागरिक ३९ जना महिलालाई होल्डमा राखि आवश्यक कारवाही भैरहेको छ,’ प्रहरीले भनेको छ ।
यसरी रोकिएका धादिङकी सरिता चालिसे र लक्ष्मी परियार, मोरङकी मनमान मुर्मु, झापाकी सुष्मा कामी बिक, झुमकुमारी सिजाली, मंजली स्वर्णकार बिक, नानु तुदु, कमला खड्का र हिरा विश्वकर्मा,सल्यानकी ईश्वरी कुँवर, रसुवाकी सावित्री गङदान र पवित्रा घले, सिन्धुपाल्चोककी अस्मिता तामाङ, सोनिया तामाङ, बिबी तामाङ, उषा बिक, निशा बिक, खोटाङकी देवी दमाई,नवलपरासीकी सम्झना दमाई रहेकी छिन् । त्यसैैगरी दैलेखकी सम्झना थापा शाही, उदयपुरकी मोमिता राई, पाँचथरकी रिता दोर्जी र धनकुमारी आङदाम्बे, कालीकोटको नोर्नाकला अधिकारी, पूर्वी नवलपरासीकी रजनी थापा मगर, गोर्खाकी कविता खड्का रहेकी छिन् ।
मकवानपुरकी सर्मिला घले, टिना घलान र मनमाया पाख्रिन, कपिलबस्तुकी सिलाकुमारी बाराघरे, सुनसरीकी मिनकुमारी बिक, संखुवासभाकी हेमकुमारी दर्जी,स्याङ्जाकी किस्मा खत्री, मोरङकी कला खड्का हिङताङ,धनकुटाकी खयाममाया दर्जी, दाङकी नारायणीमाया लामिछाने, मुगुकी राजू बानियाँ बस्नेत,सुर्खेत सुमित्रा सुनारलाई विमानस्थलमा होल्ड गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर