भारतीय स्थल सेनाध्यक्ष जनरल पाण्डे भदौ १९ मा नेपाल आउँदै

भारतीय सेनाका स्थल सेनाध्यक्ष जनरल मनोज पाण्डेले भदौको १९ देखि नेपालको भ्रमण गर्ने भएका छन् । भातरीय सेनाको स्थल सेनाध्यक्षमा नियुक्त भएपछि पहिलो पटक नेपाल आउन लागेका हुन् ।
गत २६ साउनमा बसेको मन्त्रिपरिषद् बैठकले पाण्डेलाई नेपाल भ्रमणको औपचारिक निम्तो दिने निर्णय गरेको थियो । प्रधानसेनापति प्रभुराम शर्माले पाण्डेलाइ भदौको २० देखि २३ सम्म नेपाल आउन परराष्ट्र मन्त्रालयमार्फत निमन्त्रणा यसअघि नै प्रस्ताव गरेका थिए ।
भारतीय सेनाध्यक्षको नेपाल भ्रमणको प्रमुखता भनेको उनलाई नेपाली सेनाको मानार्थ महारथी पदवीबाट सम्मानित गर्ने, द्विपक्षिय सैन्य हीतका विषयमा छलफल गर्ने र उनको उच्च स्तरीय भेटघाट हुनेछ ।

नेपाली सेना र भारतीय सेनाबीच आपसी सम्बन्ध सौहार्दताका लागि दुवै देशका सेना प्रमुखलाई कदरस्वरूप सन् १९५० देखि मानार्थ महारथी दिने ऐतिहासिक प्रचलन रहिआएको छ ।
सोही परम्पराअनुसार नेपालका हालका प्रधानसेनापति प्रभुराम शर्माले २०७८ कात्तिक २४ मा भारतीय राष्ट्रपति रामनाथ कोविन्दबाट भारतीय स्थल सेनाको मानार्थ महारथी पदवी लिइसकेका छन् ।

शर्माले उक्त पदवी लिएको नौ महिना बितिसकेको छ । उनी भारत भ्रमणमा जाँदा भारतका सेनाध्यक्ष मनोज मुकन्द नरवणे थिए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर