ओलीले देउवालाई भने- नागरिकता विधेयक रोक्नुस्

 

प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ। भेटमा अध्यक्ष ओलीले नागरिकता विधेयक रोक्न प्रधानमन्त्री देउवालाई आग्रह गरेका छन्।

बुधबार बिहान बालुवाटारमा भएको भेटवार्तामा ओलीले प्रधानमन्त्री देउवालाई राष्ट्रपतिबाट फिर्ता आएको नागरिकता विधेयक रोक्न आग्रह गरेका हुन्।

राष्ट्रपति विद्यादेवी भण्डारीले फिर्ता पठाएको भए पनि नागरिकता विधेयक प्रतिनिधिसभाबाट दोस्रोपटक पारित भइसकेको छ। अब राष्ट्रियसभाबाट पनि पारित गरेर प्रमाणीकरणका लागि पुनः राष्ट्रपतिसमक्ष पेस गर्ने सरकारको तयारी छ।

सरकारले दुवै सदनबाट पास गरेर प्रमाणीकरणका लागि दोस्रोपटक पेस गरेको विधेयक राष्ट्रपतिले १५ दिनभित्र प्रमाणीकरण गर्नुपर्ने संवैधानिक व्यवस्था छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *