कांग्रेस नेता सिटौला कोरोना संक्रमित

नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलालाई कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्यमा समस्या आएपछि बुधबार राति हेम्स अस्पताल धुम्बाराहीमा स्वास्थ्य परीक्षण गर्दा उनलाई संक्रमण पुष्टि भएको हो ।

नेता सिटौलाका स्वकीय सचिव प्रेम भट्टराईका अनुसार उनको स्वास्थ्य अवस्था अहिले सामान्य छ र उनी चिकित्सकको परामर्शअनुसार ‘होम आइसोलेसन’मा बसेका छन् ।

कांग्रेसका पूर्वमहामन्त्री सिटौला आगामी मंसिर ४ गते हुन लागेको प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा पाँचदलीय गठबन्धनको सिट बाँडफाँट कार्यदलको संयोजकसमेत छन् । यसअघि उनकै अनुपस्थितिका कारण मंगलबार सिट बाँटफाँटबारे छफफलका लागि बसेको सत्ता गठबन्धनका शीर्ष नेताको बैठक बिना निष्कर्ष टुंगिएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर