२६ हजार बढी कैदीबन्दीले प्रयाेग गर्न पाउने छन् मताधिकार

आसन्न आमनिर्वाचनमा देशभरका २६ हजार बढी कैदीबन्दीलाई मतदान प्रक्रियामा सहभागी गराइने भएको छ।

निर्वाचन आयोगका अनुसार उनीहरूले मंसिर ४ गते एकै चरणमा हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा समानुपातिकतर्फ मतदान गर्न पाउनेछन्।

आयोगले देशभर विभिन्न आपराधिक मुद्दामा अदालतबाट दोषी ठहर भई कैद सजाय भुक्तान गरिरहेका, मुद्दाको किनारा नलागेर पुर्पक्षमा रहेका र बिगो, जरिवना तथा धरौटी तिर्न नसकेर थुनामा रहेका २६ हजार १२९ कैदीबन्दीलाई मताधिकार दिइने जनाएको हो।

कैदीबन्दीलाई मतदानमा सहभागी गराउने प्रयोजनका लागि गृहमन्त्री बालकृष्ण खाण अध्यक्ष रहेको केन्द्रीय सुरक्षा समिति निर्वाचन सुरक्षा योजना निर्माणकोे तयारी भइरहेको स्रोतले जनाएको छ।

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले कैदीबन्दीलाई मतदान प्रक्रियामा सहभागी गराउन देशभरका ७१ वटा कारागारलाई मतदान स्थल निर्धाण गरी मतदान अधिकृत, सहायक मतदान अधिकृत र निर्वाचन कर्मचारी तथा सुरक्षाकर्मी खटाइने बताए।

उनका अनुसार दैनिकजसो कैदीहरू सजाय भुक्तान गरेर र थुनुवाहरू अदालतबाट सफाइ पाएर रिहाइ हुने भएकाले निर्वाचन प्रक्रियामा सहभागी हुने कैदीबन्दीको संख्या घटबढ भने हुन सक्नेछ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर