२० वर्ष पुरानो माइक्रो बसलाई कारबाहीका लागि यातायात व्यवस्था कार्यालय पठाइयो

ट्राफिक प्रहरीले २० वर्ष पुरानो माइक्रबो बसलाई कारबाहीको लागि यातायात व्यवस्था कार्यालय ललितपुर पठाएको छ । काठमाडौंको सिंहदरबार सडकमा गुड्दै गरेको २० वर्ष पुरानो माइक्रो बसलाई कारबाहीका लागि पठाइएको हो ।

भदौ ६ गते बा १ ज ५७७० नम्बरको माइक्रो बस जाँच गर्दा २० वर्ष अवधि पुगेको देखिएकाले ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको थियो ।

चेकिङको क्रममा उक्त माइक्रो बस सन् २००० सालमा बनेको कागजात भेटिएको थियो । उक्त माइक्रो बसलाई आवश्यक कारवाहीका लागि ललितपुर स्थित यातायात व्यवस्था कार्यालय पठाएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जानकारी दिएको छ ।

सवारी साधन उत्पादन भएको वर्ष र सुरु दर्ता मिति पनि खुलेका सवारी साधनको हकमा उत्पादन वर्षले २० वर्ष, उत्पादन वर्ष नखुलेको तर सुरु दर्ता मिति मात्र खुलेको सवारीको हकमा सुरु दर्ता मितिले २० वर्ष पुगे नपुगेको गणना हुन्छ ।
यस्तै सुरु दर्ता भइनसकेका भन्सार कार्यालय र राजस्व अनुसन्धान विभाग जस्ता निकायले लिलाम गरेका सवारीको हकमा भने उत्पादन वर्षले डिसेम्बर महिनाको आधारमा २० वर्ष पुगे नपुगेको एकिन गरी इन्धनबाट चल्ने यात्रु तथा मालवाहक सवारी साधन २० वर्षभन्दा बढी चलाउन नपाइने यातायात व्यवस्था कार्यविधि निर्देशिका, २०७४ मा उल्लेख छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर