रूपन्देहीमा गोली प्रहार गरेर फरार रहेका दुई जना पक्राउ

रूपन्देहीमा गोली प्रहार गरेर फरार रहेका दुई जना पक्राउ परेका छन् । प्रहरीले गत साउन २९ गते रूपन्देहीको रोहिणी गाउँपालिकामा स्थानीय विकास गुरुङमाथि गोली प्रहार गर्नेमध्ये दुई जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा रूपन्देही जिल्ला मायादेवी गाउँपालिका वडा नम्बर ७ महुवारी बस्ने ३२ वर्षीय पवनराज भर र सिद्धार्थनगर नगरपालिका वडा–४ दोगहरा बस्ने २१ वर्षीय मोहम्मद अरसद मुसलमान (काजु) रहेका छन् ।

मुख्य शूटर कृष्ण भुज भने अझैसम्म फरार छन् । उनीहरूको साथबाट प्रहरीले मेड इन यूएसए लेखेको अटोमेटिक पेस्तोल र चोरी भएको मोबाइल फोनसमेत बरामद भएको रुपन्देही प्रहरी प्रवक्ता डीएसपी श्याम अर्यालले बताए ।

रेष्टुरेण्टमा पसेर ३ जनाको समूहले हतियार देखाई नगद, सुनका गरगहना र मोबाइलसमेत लुटपाट गरी भाग्ने व्यक्तिलाई पिछा गर्दै गएका २८ वर्षीय विकास गुरुङमाथि उनीहरुले गोली प्रहार गरेका थिए । एकै मोटरसाईकलमा सवार ३ जनामध्ये बिचमा बसेका कृष्ण भुजले गुरुङमाथि गोली प्रहार गरेको अनुसन्धानबाट खुलेको डीएसपी अर्यालले बताए । अहिले गुरुङको अवस्था सामान्य छ ।

पक्राउ परेका दुवै जनामाथि चोरी डकैती, ज्यान मार्ने उद्योग, हातहतियार खरखजाना मुद्दा चलाइएको प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *