प्रहरीमा निर्वाचन केन्द्रीत काज, ५ एसपी र १६ डीएसपीलाई नयाँ जिम्मेबारी

नेपाल प्रहरी प्रधान कार्यालयले आसन्न आम निर्वाचन केन्द्रीत भएर पाँचजना प्रहरी उपरीक्षक (एसपी) र १६ जना नायब उपरीक्षकहरुको काज सरुवा गरेको छ ।

प्रहरी मुख्यालयले आवश्यकता अनुसार प्रदेश प्रहरी, जिल्ला प्रहरी, इलाका प्रहरी, गण र कार्यदलमा उनीहरुको काज सरुवा गरेको हो ।

काज सरुवामा दाङका प्रहरी प्रमुख तथा देशको प्रमुख प्रशासनिक केन्द्रको सुरक्षा हेर्ने सिंहदरबार सुरक्षा गणका प्रमुखको काज सरुवा भएको छ ।

प्रहरी प्रधान कार्यालयले दाङकाे प्रहरी प्रमुखमा बीरबहादुर ओलीलाई खटाएकाे छ । यस्तै सिंहदरबार सुरक्षा गणमा रुपेश खड्का खटिएका छन् ।

यस्तै सर्लाहीको बरहथवास्थित इलाका प्रहरी कार्यालयका प्रमुखमा मकेन्द्रकुमार मिश्र खटिएका छन् ।

हेरौं काज सरुवा सूचीः

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर