नख्खु कारागारबाट कैदी फरार भएपछि सुरक्षा प्रमुखसहित सबैलाई कारबाही, एसपीको कमाण्डमा छानबिन समिति

काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरीले बुधबार उपचारकाक्रममा शिक्षण अस्पताल महाराजगञ्जबाट फरार भएका कैदीका विषयमा अनुसन्धान गर्न एसपी देवेन्द्रबहादुर पालको नेतृत्वमा छानबिन समिति बनाएको छ ।

यस्तै नेपाल प्रहरी अनाश्रीत गुल्म नख्खुका कार्यालय प्रमुखलाई जिम्मेबारी हटाउनुका साथै डीउटीमा खटिएका सबै प्रहरी कर्मचारीलाई बुधबारकै मितिबाट निलम्बन गरेको छ ।

अपडेट

फरार भएका कैदी भाेला बुढाथाेकीलाई बिहीबार बिहान जिल्ला प्रहरी परिसर ललितपुरले लुभुबाट पक्राउ गरेकाे छ । उनलाई बिहीबार बिहान लुभु बसपार्क नजिकबाट पक्राउ गरिएकाे काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरीले जनाएकाे छ । उनका साथबाट हतकडी समेत बरामद भएकाे छ ।

 

काठमाडाै‌ उपत्यका प्रहरी कार्यालयले निकालेकाे प्रेस विज्ञप्ती ।

 

नख्खु कारागारमा कर्तव्य ज्यान मुद्दामा कैद भुक्तान गरिरहेका एक जना कैदी हतकडीसहित बुधबार अपरान्ह फरार भएका थिए। फरार हुने कैदी भोला बुढाथोकी हुन् ।

बुधबार अपराह्न ४ः१० बजे रामेछाप घर भएका ३८ वर्षीय कैदी बुढाथोकीलाई उपचारका लागि महाराजगञ्जस्थित टिचिङ अस्पताल लगिएकामा उनी सोही अस्पतालबाट एक हातमा लगाएको हतकडीसहित फरार भएको जेलर सुवासकुमार लामिछानेले पर्दाफासलाई जानकारी दिए।

उनका अनुसार बुधबार कारागारमा कैद भुक्तान गरिरहेका तीन जना कैदीलाई बिरामी भएपछि उपचारका लागि अस्पताल लगिएको थियो। दुई जनालाई वीर अस्पताल र एक जनालाई टिचिङ अस्पताल लगिएकोमा टिचिङ अस्पताल लगिएका बुढाथोकी कैदी फरार भएका हुन्।

‘बिरामी भएपछि दुई जना कैदीलाई वीर अस्पताल र एक जनालाई टिचिङ अस्पताल लगिएको थियो,’ जेलर लामिछानेले भने,‘टिचिङ लगिएका कैदी हतकडीसहित फरार भएका छन्।’

उनले यस सम्बन्धमा थप अनुसन्धान र फरार कैदीको खोजी भइरहेको बताए। फरार कैदी अस्पताल लैजाँदा कालो भेस्ट र कालै चस्मा लगाएको, अन्दाजी ५ फिट उचाइ भएको, गहुँगोरो वर्णको रहेको लामिछानेले बताए।

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर