योगेश भट्टराईविरुद्ध एकीकृत समाजवादीले कसलाई उठाउँदै छ ?

नेकपा एकीकृत समाजवादीले आसन्न आमचुनावमा ताप्लेजुङ निर्वाचन क्षेत्रमा नेकपा एमाले सचिव योगेश भट्टराईविरुद्ध उम्मेदवारको नाम सिफारिस गरेको छ ।

मंसिर ४ मा हुने प्रतिनिधि सभा चुनावकालागि सांसद भट्टराईविरुद्ध हर्क यक्सो, कल्पना तुम्बाहाङ्फे र मुकुन्द भट्टराई मध्ये एक जनालाई उम्मेदवार बनाउन नाम केन्द्रमा सिफारिस गरेको हो । २०७४ सालको आमनिर्वाचनमा भट्टराई ताप्लेजुङबाट प्रतिनिधि सभामा निर्वाचित भएका थिए । भट्टराई यसपटक पनि सोही निर्वाचन क्षेत्रबाट उम्मेदवारी दिने तयारीमा छन् ।

एकीकृत समाजवादीका जिल्ला अध्यक्ष छिरिङ लामाले प्रतिनिधिसभाको प्रत्यक्षतर्फ हर्क यक्सो, कल्पना तुम्बाहाम्फे र मुकुन्द भट्टराईको नाम सिफारिस गरिएको बताए । यस्तै प्रतिनिधिसभाको समानुपातिकतर्फ अम्बिका राजभण्डारी, डम्बरबहादुर तुम्बाहाङ्फे र त्रिलोचन गुरागाईँलाई सिफारिस गर्ने निर्णय भएको अध्यक्ष लामाले बताए ।

यस्तै प्रदेशसभा (क) को प्रत्यक्षतर्फ शम्भु गौतम, सुनिता मादेन र डालकुमार गुरुङ तथा प्रदेशसभा (ख)को प्रत्यक्षतर्फ खेमबहादुर वनेम, मञ्जु पौडेल भट्टराई र ठाकुरसिंह नाल्वोलाई उम्मेदवार बनाउन सिफारिस गर्ने निर्णय गरिएको छ ।

प्रदेशसभा (क) को समानुपातिकतर्फ नीताकुमारी सिवा र अमर लोहार तथा प्रदेशसभा (ख) तर्फ आरसी पोमु र देवीमाया नेपालीको नाम सिफारिस गरिएको अध्यक्ष लामाले जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर