गठबन्धनको सिट बाँडफाँटमा दलहरूको दाबी पेस, कसको कति सिटमा दाबी ?

सत्ता गठबन्धनको बैठकमा दलहरूले प्रतिनिधि सभाको सिट बाँडफाँटमा सत्ता गठबन्धन दलले आ–आफ्नो दाबी पेस गरेका छन् ।

बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा नेपाली कांग्रेसले १०० सिट दाबी गरेको बैठकमा सहभागी एक नेताले जानकारी दिए ।

उनका अनुसार नेकपा माओवादी केन्द्रले ६० सिट दाबी गरेको छ। नेकपा एकीकृत समाजवादीले ४०, जनता समाजवादी पार्टी (जसपा) ले ३२ र राष्ट्रिय जनमोर्चाले दुई सिट दाबी गरेको छ।

सिट बाँडफाँटको विषय गठबन्धनमा थप छलफल गरेर टुंग्याइने ती नेताले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर