एमाले केन्द्रीय कमिटी बैठक आजबाट, यी १० अजेण्डामा छलफल हुने

नेकपा एमालेको केन्द्रीय कमिटीको शुक्रबारबाट सुरु हुने बैठकका लागि १० अजेण्डा तय गरिएको छ ।

शुक्रबार बिहान ११ बजे ललितपुरको च्यासलस्थित एमाले मुख्यालयमा सुरु हुने बैठकमा लागि स्थायी कमिटी र पोलिटब्युरो बैठकले अजेण्डा निर्धारण गरेको हो ।

मंसिरमा हुने प्रदेश तथा प्रतिनिधिसभा चुनावलाई लक्षित गर्दै एमालेले केन्द्रीय कमिटीको बैठक बोलाएको हो । मंगलबार स्थायी कमिटी र बिहीबार पोलिटब्युरोको बैठक भएको थियो ।

केन्द्रीय कमिटीको बैठकमा अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदनदेखि समसामकीय प्रस्तावसम्म विषय रहेका छन्।

१. अध्यक्षको राजनीतिक प्रतिवेदन
२. केन्द्रीय कमिटी सदस्यहरूको शपथ र कार्यविभाजन
३. सचिवालयका निर्णय अनुमोदन
४. उम्मेदवारको छनोटको मापदण्ड
५. स्थानीय निर्वाचन छानविन कमिटीको प्रतिवेदन
६. सदस्यता अभिलेख व्यवस्थापन
७. सल्लाहकार परिषद् र तीनै आयोगका प्रतिवेदन
८. भारत प्रवासको कामका सम्बन्धमा नियामवली
९. पार्टी कामसँग सम्बन्धित केही नियमहरू निर्माण
१०. समसामयिक प्रस्तावहरू

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *