भिजिट भिषामा दुबई जान लागेका ४६ जना विमानस्थलबाट नियन्त्रणमा

प्रहरीले हिमालयन एयरलाइन्स र जजिरा एयरबाट बिहीबार राती र शुक्रबार बिहान संयुक्त अरब इमिरेट्स (युएई) को दुबई जान लागेका ४६ जना ब्यक्तिलाई नियन्त्रणमा लिएको छ ।

भिजिट भिषामा दुबई जान हिडेका २४ महिला र २२ पुरुषले बोकेका कागजपत्र शंकास्पद भेटिएपछि उनीहरुलाई विमानस्थल प्रहरीले नियन्त्रणमा लिएको हो ।

विमानस्थल प्रहरीका अनुसार नियन्त्रणमा लिएका २४ जना महिलालाई माइती नेपालमा पठाइएको छ । यस्तै बाँकी रहेका २२ पुरुषलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको छ ।

भिजिट भिसामा विदेश जानेका लागि सरकारले नयाँ कार्यविधि बनाएको छ । अनलाइनमार्फत भिजिट भिसाको पूर्वस्वीकृति दिने गरी गृह मन्त्रालयले नयाँ कार्यविधि स्वीकृत गरेको हो ।

तर, मानव तस्करहरुले ग्रामिण भेगका युवतीहरुलाई आकर्षक रोजगारको प्रलोभनमा भिजिट भिषामा दुबई र त्यहाँबाट अन्य मूलक पठाइरहेका छन् ।

यस विषयमा प्रहरीको मानव बेचबिखन ब्यूरो र केन्द्रीय अनुसन्धान ब्यूरोले अनुसन्धान गरिरहेको बताएपनि तस्करीकोक्रम भने रोकिएको छैन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर