सिट बाँडफाँट टुंगो लगाउन गठबन्धन कार्यदलको बैठक बस्दै

सत्तारूढ गठबन्धनको सिट बाँडफाँट कार्यदलको बैठक शुक्रबार बस्दैछ । बैठक अपराह्न ४ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्नेछ ।

बिहीबार कार्यदलसहित शीर्ष दलका नेताहरूको बैठकमा आ–आफ्नै दाबी प्रस्तुत भएपछि सिट बाँडफाँट टुंग्याउन शुक्रबार बैठक बस्न लागेको हो । साथै शुक्रबारकाे बैठकमा सत्तारूढ दलहरू प्रदेशतर्फको निर्वाचन क्षेत्रमा केन्द्रित हुने बताइएको छ ।

यसअघि बिहीबारको बैठकमा नेपाली कांग्रेसले १०० सिट, नेकपा माओवादी केन्द्रले ६० सिट, नेकपा एकीकृत समाजवादीले ४० सिट, जनता समाजवादी पार्टी (जसपा) ले ३२ सिट र राष्ट्रिय जनमोर्चाले दुई सिट दाबी गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर