कानूनी लडाइँ लड्न निहारिका राजपूतलाई मधेस प्रदेश सरकारले दियो पाँच लाख रुपैयाँ

कुमारी आमा निहारिका राजपूतलाई कानूनी लडाइँ लड्न मधेस प्रदेश सरकारले पाँच लाख रुपैयाँ दिने भएको छ।

मधेस प्रदेशका मुख्य न्यायाधिवक्ता दीपेन्द्र झाको सिफारिसमा शुक्रबार बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले राजपूतलाई कानूनी संघर्षमा सहयोगार्थ पाँच लाख रुपैयाँ दिने निर्णय गरेको हो।

धनुषाकी राजपूतले आफूमाथि शिवराज श्रेष्ठले बलात्कार गरेको र बलात्कारबाट बच्चा जन्मिएको बताउँदै आएकी छिन्। उनी श्रेष्ठलाई कारबाही र बच्चाको डीएनए परीक्षण माग गर्दै अनसनमा बस्दै आएकी छिन्।

न्याय नपाएको भन्दै केही दिनअघि राष्ट्रपति कार्यालय अगाडि आत्मदाह प्रयास गरेकी राजपूतलाई प्रहरीले जोगाएको थियो।

आरोपित श्रेष्ठलाई पनि प्रहरीले केही दिनअघि पक्राउ गरेको थियो।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *