सशस्त्र महानिरीक्षकले गरे एआईजी र डीआईजीसँग कार्यसम्पादन सम्झौता

सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालसमक्ष विभागीय प्रमुख सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरू तथा सशस्त्र प्रहरी नायब महानिरीक्षकहरूले आर्थिक वर्ष २०७९/०८० को वार्षिक कार्यसम्पादन करार सम्झौता गरेका छन् । सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालय हल्चोक स्वयम्भूमा शुक्रबार आयोजित समारोहमा उक्त कार्यसम्पादन करार सम्झौता भएको हो ।

उक्त समारोहमा विभागीय प्रमुख सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकद्वय नारायणदत्त पौडेल र चन्द्रप्रकाश गौतम तथा बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षकहरू वंशीराज दाहाल, इन्जिनियरहरू किशोर प्रधान, कमल गिरी, गणेश ठाडा मगर, अभिकुमार खत्री, कुलबहादुर नेम्वाङ, दुर्गाप्रसाद भट्टराई, शम्भु सुवेदी र राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक सशस्त्र प्रहरी नायब महानिरीक्षक कालिदास धौवजीले महानिरीक्षक अर्यालसमक्ष कार्यसम्पादन सम्झौता गरेका हुन् ।

सशस्त्र प्रहरी बलका राष्ट्रसेवकहरूलाई जिम्मेवारीप्रति अझ बढी प्रतिबद्ध, कानून कार्यान्वयनमा अझै बढी दृढ तथा तोकिएको कार्यसमय, पदीय अधिकारको सीमा र जिम्मेवारीसँग आबद्ध गर्दै उक्त सम्झौता गरिएको हो । सम्झौतापछि महानिरीक्षक अर्यालले समसामयिक विषयमा निर्देशनसमेत दिएका थिए ।

कार्यक्रममा सशस्त्र प्रहरी बल, नेपालका वरिष्ठ अधिकृतहरूको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर