महानगरले खाली गर्‍याे राहदानी विभागको अण्डरग्राउण्ड बेसमेन्ट, विभागले गल्ती स्विकार्‍याे

काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभागको अन्डरग्राउण्ड बेसमेन्ट खाली गरिएको छ। ट्राफिक व्यवस्थापनका लागि अण्डरग्राउण्ड पार्किङलाई जोड दिएको काठमाडौं महानगरपालिकाले शुक्रबार बेसमेन्ट खाली गरेको हो।

महानगरको टोली शुक्रबार राहदानी विभागको अनुगमनमा गएको थियो। त्यसक्रममा बेसमेन्ट प्रतिक्षालयका रूपमा प्रयोग गरेको पाइएपछि नगर प्रहरीले कुर्सीहरू हटाएको छ।

बेसमेन्ट हटाइएसँगै राहदानी विभागले एक सूचना जारी गर्दै उक्त स्थान आइतबारदेखि पार्किङस्थलका रूपमा प्रयोग हुने जनाएको छ।

साथै विभागले सोही दिनदेखि प्रत्यक्ष नामांकन केन्द्र राहदानी विभाग कायम भएका सेवाग्राहीलाई मात्र विभागमा आउन, राहदानी आवेदनका लागि आवेदकहरूलाई राहदानी फाराममा तोकिएको मिति र समयमा मात्र विभागमा आउन भनेको छ।

यस्तै तयार भएको राहदानी लिन आउने सेवाग्राहीहरूलाई साविकमा झैं गेट नं. २ बाट प्रवेश गर्न, राहदानीसम्बन्धी सेवा लिन आउँदा आवश्यक अवस्थामा बाहेक सम्बन्धित आवेदकलाई मात्र आउन र विभागबाहिरको सडकमा अनावश्यक भिडभाड नगर्न आग्रह गरेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर