भारतका लागि ताइवान एउटा ठूलो अवसर हो ?

ताइपेइस्थित विदेश मन्त्रालयमा अहिले निकै व्यस्तता छ । सबै ठूला अधिकारीहरु काममा लागेका छन् र जो विदामा गएका थिए उनीहरु पनि चाँडै काममा फर्किएका छन् ।

राजधानीको मध्यमा रहेको एउटा भीमकाय आकर्षक राष्ट्रपति भवन नजिकै अर्को भवनमा सबै कोठाहरुबाट दिन रात विदेशी मित्रहरुसँग सम्पर्क बनाउने कार्य भइरहेकाे छ ।  चिनियाँ सञ्चार माध्यमको अनुगमन गर्ने एउटा फरक टाेली र अन्तर्राष्ट्रिय सञ्चार माध्यमको पनि अनुगमन भैरहेको छ ।

ताइवानका विदेशमन्त्रीले बीबीसी हिन्दीसँग कुरा गर्नका लागि समय दिएका थिए । ‘भारत र ताइवान दुवै प्रजातन्त्र र मानवअधिकारमा विश्वास राख्छौ र भारत विश्वको सबैभन्दा ठूलो प्रजातान्त्रिक देश हो’ ताइवानका विदेशमन्त्री जोसेफ लुले भने, ‘दुर्भाग्यवस हामी दुवै आज चीनको खतरामा छौं । हालै चीनले हाम्रो नजिक जुन रुपमा युद्ध अभ्यास गर्‍यो त्यसले हामीलाई समर्थन आवश्यक छ । भारतीय मित्रहरु हाम्रो समर्थनमा आउँछन् भन्नेमा विश्वास छ ।’

ताइवानी विदेशीमन्त्रीको यस्तो महत्वपूर्ण आग्रह बुझ्नका लागि यो जान्न आवश्यक हुन्छ कि यो विषय के हो ?

तनाव किन ?

ताइवान र चीनबीच जारी खिचातानी कम हुने अवस्था देखिदैन । पछिल्लो समयमा अमेरिकाको तल्लो सदनकी सभामुख न्यान्सी पेलोसी अगस्ट २ मा ताइवान भ्रमणमा गएकी थिइन् । चीनको आपत्ति र धम्की बाबजुद उनले आफ्नो यात्रा पुरा गरिन र ताइवानी राष्ट्रपति साई इग वेनसँग भेट गरिन् ।

धेरै आक्रोशित चीनले यस कार्यले ‘एक चीन नीति’को उल्लंघन भएको बताउँदै युद्ध अभ्यास सुरु गर्‍यो । उसका युद्धक विमानहरु ताइवानको वायु क्षेत्र हुँदै उडे र चीनले हानेको क्षेप्यास्त्रहरु ताइवानमाथिबाट जापान समुद्रमा पुगेर खसे । ताइवानले पनि ढिलाई नगरि सैन्य शक्ति प्रदर्शन गर्‍यो । तनावको कारण युक्रेनमा जारी सकटपछि दुनियाँभरको आँखा ताइवानतर्फ सोझिएको छ । चीनले ताइवानलाई आफूबाट अलग्गिएको एउटा प्रान्त मान्छ जो मुख्यभूमीसँग विलय हुनुपर्छ भनेर ठान्छ ।

तर अर्कोतर्फ ताइवान आफूलाई प्रजातान्त्रिक शासन व्यवस्था भएको स्वतन्त्र देशको रुपमा प्रस्तुत गर्छ । यद्यपी ताइवानले अहिलेसम्म आफूलाई स्वतन्त्र राष्ट्रको रुपमा घोषणा गरेको भने छैन ।

भारतका लागि अवसर ?

यता भारतले भने पुरै घटनाक्रमलाई धेरै गम्भीरताका साथ हेरिरहेको छ । ‘धेरै देश जसरी नै भारत पनि हालै भएको घटनाक्रमलाई लिएर चिन्तित छौं । हामी संयमता अपनाउन र मौजुदा अवस्थालाई एक पक्षीय रुपमा परिवर्तन नगर्न र संयमत अपनाउन, तनाव कम गर्न आग्रह गरेका छौं,’ चीनको एकाएक बढेको सैन्य गतिविधिमाथि भारतीय विदेशमन्त्रालयका प्रवक्ता अरिन्दम बागचीले टिप्पणी गरे ।

तर प्रश्न भनेको विश्वको सबैभन्दा ठूलो ट्रेड पावरसँग जोडिने भारतका लागि यो एउटा सुनौलो अवसर हो ?

‘एक चीन नीति’ कारण भारतले ताइवानका साथ कुटनीतिक सम्बन्धमा खासै चर्चा गर्दैन र त्यसलाई अनौपचारिकमा राखेको छ। पछिल्लो केही सातादेखि जारी घटनाक्रमहरुले ताइवान एशियामा एउटा नयाँ शक्तिशाली सहयोगी खोजिरहेको स्पष्ट रुपमा देखिन्छ खास गरि चीनसँगको सम्बन्ध दशकाै पछि न्युन बिन्दुमा पुगेको समयमा ।

राजधानी ताइपेइस्थित भारतीय संस्कृतिक केन्द्रका संस्थापक जेफरी बुले भने, ‘१९७० पछि ताइवानकाे अर्थव्यवस्थामा तीव्रता थियो । प्रविधिको क्षेत्रमा ताइवान चिपसेटदेखि सबै थोक बनाउने गरेको थियो र त्यस समयमा भारत सरकारले आफ्नो ठेगाना यसलाई बनायो । औपचारिक रुपमा दूतावास छैन तर काम भने दुतावास जस्तै हुन्छ । भारतीय विद्यार्थीहरु यहाँ आउँछन् । आदानप्रदान निकै बढेको छ । हामी एकले अर्कोलाई धेरै बुझेका छौं ।’

तथ्याकंले के भन्छ ?

तथ्याँकले भने यो दूरी लगातार बढेको देखिन्छ । भारत ताइवानबीच सात अर्व अमेरिकी डलरको वार्षिक व्यापार हुन्छ भने चीन र ताइवानबीच १ खर्ब २५ अर्बभन्दा बढी व्यापार छ । सवा दुई करोड जनसंख्याभएको ताइवानमा भारतीय मूलका करिव ५ हजार मानिस बस्छन् । जसमा आधा विद्यार्थी छन् । स्पष्ट छ, दुवैले गर्न चाहेका धेरै कुराहरु रहेका छन ।

भारतको इन्दौरमा जन्मिएकी प्रिया लालवाणी ३८ वर्ष अघि ताइवान आएकी थिइन र यतै बस्दै छिन् ।

‘ताइवानको शक्ति हार्डवेयर र भारतको सफ्टवेयरमा हो । हामीलाई लाग्थ्यो धेरै विषय अघि बढ्छ तर त्यति भएन । ताइवानका कम्पनीहरुले भारतमा लगानी गर्न कोसिस गरे पनि निरास भएर फर्किए’ लालवाणीले भनिन् ‘सांस्कृतिक भिन्नता, भाषा वा नोकरशाहीतन्त्रले गर्दा यो विषयमा कठिनाइ छ । उनीहरुलाई चीन जाने  बानी परेको छ र त्यसपछि कम्पनीहरुले भियतनाममा व्यापार सुरु गरे, भारतले उनीहरुलाई लोभ्याएको छ तर डराउँछन पनि ।’

अर्को यथार्थ यो पनि हो कि ताइवानमा दक्षिण एशियाली मूलका मानिस निकै कम छन् खासगरी भारतीयहरु । भाषा र खानापिनको चुनौतीको अतिरिक्त भारतीय व्यापारीहरु चीनतर्फ मोडिएका छन् । अहिले ताइवान एक विकल्पको रुपमा आफ्नो छाप बनाउन चाहन्छ ।

 (बीबीसी हिन्दीबाट साभार )

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *