बाढीले हजार जनाको मृत्युपछि पाकिस्तानमा राष्ट्रिय संकटको घोषणा

पाकिस्तानमा बढीले करिव एक हजार जनाको मृत्युपछि सरकाले राष्ट्रिय संकटको घोषणा गरेको छ । बाढीबाट ३ करोड मानिस प्रभावित भएका छन् । पाकिस्तानको राष्ट्रिय विपत्त व्यवस्थापन प्राधिरकणले मध्य जुन यता  कम्तीमा ९ सय ३७को मृत्यु भएको जनाएको छ । मारिनेमा ३ सय ४३ बालबालिका रहेका छन् ।

बाढीको कारण बलुचिस्तान र सिन्ध प्रान्तको दक्षिणी भेग नराम्रोसँग प्रभावित भएको छ । बलुचिस्तान प्रान्तको ठूलो भूभाग डुबानमा परेको सरकारले जनाएको छ । पछिल्लो बाढीले सन् २०१० को विपत्तको स्मरण गराएको अधिकारीहरुले जनाएका छन् । बाढीको कारण मृत्यु हुनेमा बलुचिस्तान र सिन्ध राज्यको दक्षिण क्षेत्रमा आधा भन्दा बढी रहेका छन बलुचिस्तानमा २ सय ३४ र सिन्धको दक्षिणी क्षेत्रमा ३ सय ६ जनाको मृत्यु भएको छ । पछिल्लो दिन पाकिस्तानमा कीर्तिमान वर्षा हुँदा ५ लाख घर प्रभावित भएको सरकारले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर