मन्त्री कार्की र राजदूत श्रीवास्तवले उद्घाटन गरे प्रहरी स्कुल

सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्की र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले संयुक्त रूपमा धरानस्थित नेपाल प्रहरी स्कुुल र महेन्द्र माध्यामिक व्द्यिालयको शनिबार उद्घाटन गरेका छन् ।

भारत सरकारको अनुदान सहयोगमा सुनसरीस्थित नेपाल पुलिस स्कुलका लागि निर्मित विद्यालय भवन, छात्रावास भवन तथा खेलकुद मैदान र महेन्द्र माध्यमिक विद्यालयको नवनिर्मित विद्यालय भवन बनेका हुन् ।

भारत–नेपाल विकास सहकार्य कार्यक्रम अन्तर्गत भारत सरकारको आर्थिक सहयोगमा ४ करोड ८९ लाख रुपैयाँ लागतमा जिल्ला समन्वय समिति सुनसरीले यी दुई उच्च प्रभाव सामुदायिक विकास परियोजनाको कार्यान्वयन गरेको हो ।
यो परियोजना भारत स्वतन्त्र भएको ७५ वर्षको उत्सव मनाउन भारत सरकारले अघि सारेको ‘आजादीका अमृत महोत्सव’अन्तर्गत यस वर्ष नेपालमा उद्घाटन गरिने ७५ परियोजनाहरूमध्येको एक हो ।

सन् २००३ यता भारतले नेपालमा ५३२ भन्दा बढी उच्च प्रभाव सामुदायिक विकास परियोजनाहरू अघि बढाइसकेकोमा स्वास्थ्य, शिक्षा, खानेपानी, कनेक्टिभिटि, सरसफाइ र अन्य सार्वजनिक सुविधाका क्षेत्रमा सातै वटा प्रदेशमा ४७५ वटा परियोजना सम्पन्न भइसकेका छन् । तीमध्ये सुनसरी जिल्लाका १२ गरी प्रदेश नम्बर १ मा ८० वटा रहेका छन् ।

भारत र नेपालबीच बहुआयमिक एवम् बहुपक्षीय विकास साझेदारी रहेकोे छ । जसले दुई देशका जनताबीचको निकटतालाई प्रतिबिम्बित गर्दछ । यी परियोजनाहरूको कार्यान्वयनले सामाजिक–सांस्कृतिक पूर्वाधार तथा जनता–जनताबीचको सम्बन्धको विकासमा भारत सरकारले पुर्‍याउँदै आएको सहयोगलाई प्रतिबिम्बित गर्ने नेपालस्थित भारतीय राजदूतावासले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर