सुनसरीमा मुख्यमन्त्री राईसहित समाजवादीले सिफारिस गरेका यी हुन् उम्मेदवार

नेकपा एकीकृत समाजवादी सुनसरीले धरान निर्वाचन क्षेत्रबाट प्रतिनिधि सभा सदस्यका लागि प्रदेश नम्बर १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईको नाम सिफारिस गरेको छ ।

जिल्ला कमिटीको आज बसेको बैठकले मुख्यमन्त्री राईसहित थप तीन जनाको नाम प्रतिनिधि सभा सदस्यका लागि सिफारिस गर्ने निर्णय गरेको हो । बैठकले सुनसरी निर्वाचन क्षेत्र नम्बर १ बाट मुख्यमन्त्री राईसहित लक्ष्मण चौधरी, पदमा सुब्बा र जीवन राईको नाम सिफारिस गरेको हो ।

जिल्ला कमिटी सचिव बसन्त सुवेदीका अनुसार, बैठकले सोही निर्वाचन क्षेत्र नम्बर १ अन्तर्गत प्रदेश सभा सदस्य ‘क’ तर्फ सुष्मा राई, तारा लामगादे र एकराज सुब्बाको नाम उम्मेदवारको रुपमा सिफारिस गरेको छ । प्रदेश सभा ‘ख’ तर्फ रेवतीरमण राई, अमृता रामदाम र श्यामनारायण राजधामीको नाम सिफारिस गरेको छ ।

त्यस्तै, इटहरी र इनरुवा केन्द्र रहेको निर्वाचन क्षेत्र नम्बर २ बाट धर्म निरौला, केपी सापकोटा र सरिता कार्की लामालाई प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवार सिफारिस गर्ने बैठकले निर्णय गरेको छ । यो निर्वाचन क्षेत्रअन्तर्गत प्रदेश सभा सदस्यको उम्मेदवारको सिफारिस अर्को बैठकले गर्ने सचिव सुवेदीले जानकारी दिए ।

यस्तै, दुहवी केन्द्र रहेको निर्वाचन क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्यमा मोहम्द जैनुल हक मियाँ, कमला दुलाल र जुगुतनारायण चौधरीको नाम सिफारिस भएको छ । यो निर्वाचन क्षेत्रतर्फ प्रदेश सभा सदस्य ‘क’ मा केशव बिष्ट, गौरी परियार र नयनतारा सिटौला, प्रदेश सभा सदस्य ‘ख’ मा रामचन्द्र मटियैत, दीपक राई र रेखा गुरुङ सिफारिसमा परे ।

सुनसरी जिल्लाको दक्षिणी भेग समेटिएको निर्वाचन क्षेत्र नम्बर ४ बाट केशवप्रसाद तिम्सिना, डाक्टर सीएन पाठक र कैलाश अन्जुमको नाम सिफारिस भएको छ । यो निर्वाचन क्षेत्रतर्फ प्रदेश सभा सदस्य ‘क’ मा बाबुराम बराल, परमानन्द पौडेल र कल्पना पोखरेल र प्रदेश सभा सदस्य ‘ख’ मा महफुज आलम अन्सारी, किरण कार्की र सवनम आरीको नाम सिफारिस गर्ने निर्णय गरिएको सचिव सुवेदीले बताए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर