महोत्तरी–२ मा जसपाका उम्मेदवार सिफारिस

जनता समाजवादी पार्टी (जसपा), नेपालले आसन्न प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि महोत्तरी निर्वाचन क्षेत्र नं. २ मा उम्मेदवार सिफारिस गरेको छ ।

क्षेत्रीय अध्यक्ष धिरेन्द्र यादवको अध्यक्षतामा शुक्रबार सम्पन्न अगुवा कार्यकर्ता भेलाले प्रतिनिधि सभा र प्रदेश सभाका लागि प्रत्यक्ष तथा समानुपातिक तर्फको उम्मेदवार सिफारिस गरेको हो ।

भेलाले महोत्तरी क्षेत्र नं. २ को प्रतिनिधि सभामा प्रत्यक्षतर्फ शिवचन्द साहको एकल नाम सिफारिस गरेको छ भने समानुपातिकतर्फ उपेन्द्रकुमार यादव , गुड्डु दास, बीमा यादव, सरोजदेवी झा र पवित्री साहको नाम सिफारिस गरेको छ ।

त्यसैगरी प्रदेश सभा ‘क’ मा प्रत्यक्षतर्फ धर्मेन्द्र साह, मुकेशकुमार यादव, राजनारायण यादव, डा. करमेन्द्र यादव, सुदिष्टकुमार यादव, किसुनदेव यादव तथा समानुपातिकतर्फ गीता साह, योगेन्द्र यादव, नगिना सदा , मोफिद नदाफ, सफिना खातुनको नाम सिफारिस गरेको छ ।

प्रदेश सभा ‘ख’ मा प्रत्यक्षतर्फ नागेन्द्रप्रसाद यादव , सूर्यनारायण पूर्बे, आतिस मिश्रा , मुर्ली यादव र सामुनिपातिकतफए दिनेशप्रसाद साह, सञ्जित पासमान, मनिर अहमद, भारतीकुमारी साह , सुभान नदाफ ,सुशीलकुमार यादव, कमलेशकुमार यादवको नाम सिफारिस गरेको छ ।

भेलाले भदौ मसान्तसम्म वडा कमिटीहरूको गठन, पुनर्गठन गरी वडा कार्यालयको स्थापना गर्ने निर्णयसमेत गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर