
यातायात व्यवस्था कार्यालय कर्णालीका इन्जिनियर र विचौलिया घुससहित पक्राउ


अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय कर्णाली प्रदेश, सुर्खेतमा कार्यरत मेकानिकल इन्जिनियर दीपक बम र एक जना विचौलियालाई घुससहित पक्राउ गरेको छ। उनीहरू शुक्रबार पक्राउ परेका हुन्।
सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–७, स्थित यातायात व्यवस्था कार्यालयमा कार्यरत इन्जिनियर बमले सेवाग्राहीसँग बिलबुक, जाँचपास र रूट पर्मिट नवीकरण नगर्नका लागि घुस मागेको उजुरी अख्तियारमा परेको थियो। उजुपरीपछि अख्तियारको सुर्खेत कार्यालयबाट खटिएको टोलीले इन्जिनियर बम र विचौलियाको काम गर्ने नीरकबहादुर शाहीलाइ तीन हजार रुपैयाँ घुससहित समातेको हो।
उनीहरूका सम्बन्धमा थप अनुसन्धान भइरहेको अख्तियारकाे केन्द्रीय कार्यालय टंगालका प्रवक्ता श्यामप्रसाद भण्डारी प्रेस विज्ञप्ति जारी गरेर जानकारी दिएका छन्।
प्रतिक्रिया