दुबई पठाइदिन्छु भन्दै ३८ लाख ठगी गरेको अभियोगमा एक जना पक्राउ

दुबई पठाइदिन्छु भन्दै नगद ३८ लाख रुपैयाँ ठगी गरेको अभियोगमा नवपलरासी(पश्चिम) प्रतापपुर गाउँपालिका–२ गोपिगञ्ज घर भई काठमाडौं गोंगबु बस्ने ५४ वर्षीय भोज बहादुर चौधरीलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।

दुबई पुगेपछि आर्मस गार्डमा नगद १ लाख रुपैयाँ मासिक तलब हुने काम लगाइदिन्छु भनी प्रलोभनमा पारेर पीडितहरूबाट ३८ लाख रुपैयाँ लिई फरार रहेका चौधरीलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मीनभवनबाट खटिएको प्रहरीले काठमाडौं सामाखुशीबाट पक्राउ गरेको हो ।

उनलाई थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग, बुद्धनगर पठाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *