कर्णालीमा माओवादीका दुई मन्त्रीले दिए राजीनामा, सोमबार नयाँ मन्त्री नियुक्त हुने

कर्णाली प्रदेश सरकारका दुई मन्त्रीले आइतबार राजीनामा दिएका छन् । नेकपा (माओवादी केन्द्र)बाट सरकारमा सहभागी आर्थिक मामिला तथा योजनामन्त्री विन्दमान विष्ट र जलस्रोत तथा ऊर्जा विकासमन्त्री गणेशप्रसाद सिंहले राजिनामा दिएका हुन् ।

माओवादी केन्द्र संसदीय दलले उनीहरूलाई सरकारबाट फिर्ता बोलाएपछि मन्त्री पदबाट राजीनामा दिएका हुन् । राजीनामा पत्र बुझेलगत्तै मुख्यमन्त्री जीवनबहादुर शाहीले दुवैको राजीनामा स्वीकृत गरेका छन् ।

उनीहरूको राजीनामासँगै सरकारले सोमबार नयाँ मन्त्री नियुक्त गर्ने तयारी गरेको छ । सरकारको मन्त्रिपरिषद्लाई समावेशी बनाउन मन्त्री परिवर्तन गर्न लागिएको जनाइएको छ । सोमबार नयाँ मन्त्रीको नियुिक्त हुने मुख्यमन्त्री शाहीले जानकारी दिए । माओवादी कर्णाली प्रदेश अध्यक्ष विमला केसीले मन्त्रीका लागि सांसद रातो कामी र कृष्णा शाहलाई सिफारिस गर्ने तयारी गरिएको जानकारी दिइन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर