टीभीएसद्वारा धनगढी क्षेत्रमा ४० जना राइडरका साथमा एओजी राइडको आयोजना

लोकप्रिय दुईपांग्रे सवारी साधन कम्पनी टीभीएसले धनगढी क्षेत्रमा आफ्ना ग्राहकवर्ग लक्षित ‘आपाचे ओनर ग्रुप (एओजी)’ रोमाञ्चक राइड संस्करणको आयोजना गरेको छ । अइतबार धनगढीको वागेश्वरी अटोमोटिभ्स प्रालिदेखि स्टेट ७ होटल गोदावरीसम्म आयोजित उक्त राइडअन्तर्गत ४० जना राइडर सहभागी भएका थिए ।

कार्यक्रमअन्तर्गत राइडमा युट्युबर रूपेश विक, भ्लगर चिरञ्जीवी उपाध्याय र टिकटकर लोकेश ठकुरी लगायतको सहभागिता थियो । उनीहरूले धनगढी क्षेत्रमा हालसम्म यस किसिमको राइडको आयोजना नभएको बताउँदै टीभीएसको आयोजनामा यसपटक राइड आयोजना भएकोमा खुशी व्यक्त गरे । उनीहरूले राइडका क्रममा सडक सुरक्षासम्बन्धी थप जानकारीसमेत मिलेको बताए ।

उनीहरूले भने, ‘यो हाम्रो लागि गर्वको कुरा हो । नेपालको चर्चित एवम् पर्यटकीय स्थल धनगढीमा यस किसिमको कार्यक्रमको आयोजना हुनु स्वागतयोग्य छ । यस्ता कार्यक्रम आगामी दिनमा पनि हुँदै जाने अपेक्षा गरेका छौं ।’ त्यस क्रममा उनीहरूले आ–आफ्नो तर्फबाट मन्तव्य राखेका थिए ।

टीभीएसले हालसम्म एओजी राइड कार्यक्रमअन्तर्गत काठमाडौं, कोशी, गण्डकी, लुम्बिनी र नारायणी च्यापटरमा सम्पन्न गरिसकेको छ । यो अभियानमा सहभागीहरूले यसलाई उत्कृष्ट मन पराएको पाइएको छ । यो कार्यक्रम आगामी समय बाँकी क्षेत्रमा पनि गर्ने अभियान रहेको छ ।

जगदम्बा मोटर्स प्रालि नेपालमा टीभीएसका दुईपांग्रे सवारी साधनका लागि एक मात्र आधिकारिक वितरक हो । कम्पनीको नेपालभर १३२ भन्दा बढी डिलरहरूको बलियो राष्ट्रव्यापी वितरण सञ्जालका साथ टीभीएसले बजारमा आफ्नो मजबुत पकड राख्न तथा ग्राहकहरूको मनमस्तिष्कमा उच्च स्थान जमाउन सफल रहेको कम्पनीको दाबी छ ।

गुणस्तरीय उत्पादनहरू, बिक्रीपश्चात्को उत्कृष्ट सेवा र देशभर जगेडा पार्टपुर्जाहरूको उपलब्धतामार्फत उपभोक्तालाई दिइएको उच्चतम सन्तुष्टिका कारण आज टीभीएस नेपालको सर्वाधिक रुचाइएको टू–ह्विलर ब्राण्डका रूपमा स्थापित रहेकाे कम्पनीले जनाएकाे छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *