सशस्त्र प्रहरीलाई सर्वोच्चको आदेश- ६.६ प्रतिशत सिटमा तत्काल पदपूर्ति नगर्नू

सर्वोच्च अदालतले सशस्त्र प्रहरी बललाई विज्ञापन गरेको पदमध्ये ६.६ प्रतिशत पदमा तत्काल पदपूर्ति नगर्न अन्तरिम आदेश दिएको छ ।सर्वोच्चले ६.६ प्रतिशत पद खाली राखेर अरू पदमा मात्र पदपूर्ति गर्न आदेश दिएकाे हो ।

सशस्त्र प्रहरी बलले गत साउन १३ गते कर्मचारी भर्नासम्बन्धी सूचना प्रकाशन गरेको थियो । जसमा थारु समुदायका लागि आरक्षण पद नछुट्याएको भन्दै अधिवक्ता बुद्धसेन चौधरीले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।

उक्त रिटमाथि सुनुवाई गर्दै न्यायाधीश हरिप्रसाद फुयालको एकल इजलासले ६ भदौमा सशस्त्र प्रहरी बललाई थारु समुदायको जनसंख्याको अनुपात बराबरको सिट संख्या अर्थात कुल विज्ञापन गरेको पदमध्ये ६.६ प्रतिशत पदमा रिटको अन्तिम टुंगो नलागेसम्म पदपूर्ति नगर्न अन्तरिम आदेश जारी गरेको हो ।

यसअघि सर्वोच्च अदालतले कर्मचारी सञ्चय कोष र कृषि विकास बैंकलाई पनि ६.६ प्रतिशत पदमा पदपूर्ति नगर्न अन्तरिम आदेश दिएको थियो । ती संस्थाले पनि थारु समुदायका लागि आरक्षण कोटा नछुट्याएपछि सर्वोच्चमा रिट परेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर