गठबन्धनको सिट बाँडफाँटमा सकस : दलहरूले छाडेनन् आ–आफ्नो दाबी

सत्ता गठबन्धन दलहरूबीच आसन्न निर्वाचनका लागि सिट बाँडफाँटको विषय सकसपूर्ण बन्दै गएको छ । पटकपटक बैठक बसे पनि सिट बाँडफाँटको विषय टुंगिन सकेको छैन ।

सिट संख्याको दाबीबाट कुनै दल पछि हट्न तयार नभएपछि सत्ता गठबन्धनको सिट बाँडफाँटसम्बन्धी कार्यदल बैठकमा आइतबार पनि कुनै प्रगति भएन ।

सहमति नभएपछि अहिलेसम्म कार्यदलमा उठेका विषय शीर्ष तहलाई जानकारी गराउने सहमति भएको छ ।
अर्को बैठक कहिले बोलाउने निर्णय गर्ने अधिकार नेपाली कांग्रेसलाई दिएको नेकपा माओवादी केन्द्रका तर्फबाट कार्यदलमा रहेका हिमलाल पुरीले जानकारी दिए ।

सिट बाँडफाँटका लागि बनेको कार्यदलको बिहीबार बसेको बैठकमा कांग्रेसले १०० र माओवादी केन्द्रले ६० सिट दाबी गरेका थिए । एकीकृत समाजवादीले ४०, जनता समाजवादी पार्टीले ३२ र राष्ट्रिय जनमोर्चाले २ सिट दाबी गरेको थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर