खोटाङबाट जसपाका उम्मेदवार सिफारिस

जनता समाजवादी पार्टी (जसपा) खोटाङले आसन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि उम्मेदवार सिफारिस गरेको छ । पार्टीले आइतबार पत्रकार सम्मेलन गर्दै मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि प्रत्यक्ष र समानुपातिक उम्मेदवारको टुंगो लगाएको जनाएको हो ।

जसपाले प्रतिनिधि सभा निर्वाचनका लागि प्रत्यक्षतर्फ संघीय परिषद् अध्यक्ष अशोक राई र डा. कृष्णकुमार (केके) राईको नाम सिफारिस गरेको छ । समानुपातिकतर्फ पर्शुराम बस्नेत, देवराज राई, तेजमायाँ राई, प्रेमकुमार राई र सुनिल चाम्लिङलाई सिफारिस गरेको छ ।

यस्तै प्रदेश सभा निर्वाचनका लागि प्रदेश सभा (क)मा प्रत्यक्षतर्फ राकेश राई, नवीन राई, विवेक राई, हेमन्त राई र मवीन्द्र राईको नाम प्रदेश कमिटीसमक्ष सिफारिस गरिएको छ । समानुपातिकतर्फ तेजमाया राई, नैनबहादुर कटवाल, बच्चु राई, कमानसिं राई र झुमा पोखरेल सिफारिस भएका छन् ।

प्रदेश सभा (ख)मा प्रत्यक्षतर्फ देवराज राई र प्रेमकुमार राईको नाम सिफारिस गरिएको छ । समानुपातिकतर्फ रमेश राई, लालबहादुर राई, नैनकला राई, रबिन खम्बू र चक्रप्रसाद फुयाँललाई उम्मेदवार सिफारिस गरिएको जसपाले जनाएको छ ।

यसैबीच जसपा जिल्ला समन्वय समिति खोटाङको तदर्थ समिति गठन गरिएको छ । डा. बाबुराम भट्टराईले नयाँ पार्टी गठन गरेपछि तत्कालीन अध्यक्ष टंक थापालगायतका नेताले पार्टी छाडेका थिए । प्रदेश कमिटीको सिफारिसमा पूर्णराज राई (पिके खम्बू)को अध्यक्षतामा ८७ सदस्यीय तदर्थ समिति गठन गरिएको हो ।

जिल्ला समन्वय समितिको उपाध्यक्षमा नैनबहादुर कटवाल, निर्मल राई, मैयाँ राई, सचिवमा सुनिल चाम्लिङ, उप–सचिवमा टिकाराम राई, बिरेन्द्र दर्नाल, आशिष राई र कोषाध्यक्षमा नैनकला राई चयन भएका छन् ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर