आधा किलो सुनसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट महिला पक्राउ

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ५५० ग्राम सुनसहित एक जना महिला पक्राउ परेकी छन्। सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–७ घर भई काठमाडौं महानगरपालिका–६ कपन बस्ने ४४ वर्षीया पासाङ डोल्मा लामालाई आइतबार बिहान आगमन टनेल गेटबाट प्रहरीले पक्राउ गरेको हो ।

हिमालय एयरको उडानद्वारा दुबईबाट काठमाडौं आएकी उनको गतिविधि शंकास्पद देखिएपछि उक्त गेटमा खटिएको प्रहरीले जाँच गर्ने क्रममा भिस्त्री वस्त्रभित्र फल्स बटम बनाई लुकाएर ल्याएको सुन बरामद भएको हो। पक्राउ परेकी उनलाई आवश्यक कारबाहीको लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय, गौचरमा बुझाइएको प्रहरीले जनाएको छ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर