नेपाल र अष्ट्रेलियाका परराष्ट्र सचिवबीच भेटवार्ता

परराष्ट्र सचिव भरतराज पौड्यालले अष्ट्रेलियाको विदेश मामिला तथा व्यापार विभागकी सचिव जान एडम्ससँग भेटवार्ता गरेका छन् । उनीहरूबीच सोमबार क्यानबेरामा भेटवार्ता भएको हो ।

भेटमा द्विपक्षीय सम्बन्धका विविध विषयमा छलफल हुनुका साथै आपसी हितका विभिन्न क्षेत्रमा सहयोग विस्तार र सुदृढ गर्ने सहमति भएको थियो ।

सो अवसरमा नेपाल सरकार र अष्ट्रेलिया सरकारबीच जलस्रोत व्यवस्थापनको क्षेत्रमा सहयोगसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको थियो । नेपाल सरकारका तर्फबाट जल तथा ऊर्जा आयोगका सचिव दिनेशकुमार घिमिरे र अष्ट्रेलियाको परराष्ट्र तथा व्यापार विभागका सचिव एडम्सले समझदारीपत्रमा हस्ताक्षर गरे ।

नेपालको परराष्ट्र मन्त्रालय र अष्ट्रेलियाको परराष्ट्र तथा व्यापार मन्त्रालयबीचको द्विपक्षीय परामर्श संयन्त्रको दोस्रो बैठक आयोजना गर्न परराष्ट्र सचिव पौड्यालको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल आइतबार क्यानबेरा पुगेको थियो । बैठक मंगलबार आयोजना हुनेछ ।

भेटमा नेपालको प्रतिनिधिमण्डलका अन्य सदस्यमा जल तथा ऊर्जा आयोगका सचिवालयका सचिव दिनेशकुमार घिमिरे, एचई अष्ट्रेलियाका लागि नेपाली राजदूत कैलाशराज पोखरेल, सहसचिव लोकबहादुर थापा र परराष्ट्र मन्त्रालयका उपसचिव सीता बस्नेतलगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर