नेपाली सेनाको संयोजकत्व र गोरखाका तीन स्थानीय तहको आयोजनामा लिगलिगकोट म्याराथन हुँदै

गोरखा जिल्लाका तीन स्थानीय तहको संयुक्त आयोजना र नेपाली सेनाको संयोजकत्वमा राष्ट्रव्यापी म्याराथन प्रतियोगिता हुने भएको छ ।

सेनाको संयोजकत्व र गोरखा नगरपालिका, पालुङटार नगरपालिका र सिरानचोक गाउँपालिकाको संयुक्त आयोजनामा भदौ २५ गते राष्ट्रव्यापी ‘लिगलिगकोट–सिरानचोक–गोरखा दरबार म्याराथन दौड प्रतियोगिता–२०७९’ सञ्चालन हुने भएको हो ।

म्याराथनको रूट लिगलिगकोट–आँपपिपल भञ्ज्याङ्ग–चित्रेपोखरी–छोप्राक–चोरकोटे–छेवेटार–पस्लाङ–ठूलो आँगन हुँदै गोरखा दरबारसम्म रहेको छ ।

लिगलिगकोटमा भदौ २५ गते बिहान ६ बजे सञ्चालन हुने दौडको जम्मा दूरी ४० किलोमिटर हुनेछ। प्रतियोगितमा सहभागितका लागि भदौ २० गतेसम्ममा रजिष्ट्रेसन फर्म दर्ता गरिसक्नुपर्ने र त्यसका लागि ५०० रुपैयाँ शुल्क लाग्नेछ ।

रजिष्ट्रेसन फर्म क्यूआर कोडमार्फत अनलाइन रजिष्ट्रेसनका साथै रिपुमर्दन गण, गोरखा नगरपालिका, पालुङटार नगरपालिका र सिरानचोक गाउँपालिकामा फर्म खरिद गरेर दर्ता गर्न सकिने आयोजकले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *