कांग्रेसकाे राष्ट्रिय सभा संसदीय दलको नेतामा रायमाझी मनोनीत

नेपाली कांग्रेस राष्ट्रिय सभाका लागि संसदीय दलको नेतामा रमेशजंग रायमाझी मनोनयन भएका छन् ।

कांग्रेस सभापति एवं संसदीय दलका नेता तथा प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय सभाका सदस्य रायमाझीलाई सोमबार राष्ट्रिय सभाका लागि संसदीय दलको नेतामा मनोनयन गरेको कांग्रेस संसदीय दलका निजी सचिव केशवराज जोशीले जानकारी दिए ।

देउवाले दलको विधान (संशोधन तथा परिमार्जनसहित, २०७४) को धारा १२ को उपधारा (१) बमोजिम राष्ट्रिय सभाका लागि संसदीय दलको नेतामा मनोनयन गरेका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *