![Pardafas.com](https://www.pardafas.com/wp-content/uploads/2022/06/pardafas-logo.png)
कर्णालीको अर्थमन्त्रीमा कृष्णा शाह र ऊर्जामन्त्रीमा रातो कामी
![clock](https://www.pardafas.com/wp-content/themes/pardafas/assets/img/clock-icon.png)
![कर्णालीको अर्थमन्त्रीमा कृष्णा शाह र ऊर्जामन्त्रीमा रातो कामी](https://www.pardafas.com/wp-content/uploads/2022/08/Karnali-Mantri.jpg)
कर्णाली प्रदेश सरकारको आर्थिक मामिला तथा योजनामन्त्रीमा कृष्णा शाह र जलस्रोत तथा ऊर्जा विकासमन्त्रीमा रातो कामी नियुक्त भएका छन् ।
नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेश सभा दलले मन्त्रीमा सिफारिस गरेका माओवादी केन्द्र प्रदेशसभा दलका प्रमुख सचेतक शाह र प्रदेश सभा सदस्य कामीलाई मुख्यमन्त्री जीवनबहादुर शाहीले आज योजना र ऊर्जा विकासमन्त्रीमा नियुक्त गरेका हुन् ।
माओवादी केन्द्रले प्रदेश सरकारमा सहभागी आर्थिक मामिला तथा योजनामन्त्री विन्दमान विष्ट र जलस्रोत तथा ऊर्जा विकासमन्त्री गणेशप्रसाद सिंहलाई फिर्ता बोलाएसँगै दुवै मन्त्रीले आइतबार मुख्यमन्त्री शाहीसमक्ष राजीनामा दिएका थिए । उक्त राजीनामा स्वीकृत भएसँगै रिक्त रहेको पदमा मुख्यमन्त्री शाहीले शाह र कामीलाई मन्त्रीमा नियुक्त गरे । उनीहरूले आजै शपथ लिएका छन् ।
प्रतिक्रिया