रूपन्देहीमा स्रोत नखुलेको साढे चौबीस लाख रुपैयाँसहित एक जना पक्राउ

रूपन्देहीमा स्रोत नखुलेको २४ लाख ५० हजार रुपैयाँसहित एक जना पक्राउ परेका छन्। बुटवल उपमहानगरपालिका–८ सुख्खानगर बस्ने २८ वर्षीय सन्दीप शाक्यलाई सो रकमसहित प्रहरीले आइतबार नियन्त्रणमा लिएको हो।

आइतबार अपराह्न ४ः३० बजे रूपन्देहीको सिद्धार्थनगर नगरपालिका–१ बाइपासमा स्रोत नखुलेको अवैध रकम ओसारपसार हुँदैछ भन्ने गोप्य सूचना प्रहरीले प्राप्त गरेको थियो। सोही सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय रूपन्देहीबाट खटिएको प्रहरी टोलीले शाक्यमाथि चेकजाँच गर्दा उनले बोेकेको कालो रङको झोलामा उक्त रकम फेला परेको हो।

बरामद रकमसहित शाक्यलाई कारबाहीका लागि सोमबार भन्सार कार्यालय बेलहिया पठाइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *