सुदूरपश्चिम प्रदेश सभाबाट एक वर्षपछि निजामती सेवा विधेयक पारित

सुदूरपश्चिम प्रदेश सभाले एक वर्षपछि ‘सुदूरपश्चिम प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७८’ बहुमतले पारित गरेको छ ।

सोमबार बसेको प्रदेश सभाको बैठकमा आन्तरिक मामिला तथा कानूनमन्त्री डा रणबहादुर रावलले उक्त विधेयक पारित गरियोस् भनी प्रस्ताव पेश गरेका थिए । विधेयक पारित भएसँगै प्रदेश निजामती सेवालाई व्यावसायिक, मर्यादित, सक्षम र सुदृढ बनाउने बाटो खुलेको छ । यसअघि उक्त विधेयकमाथि भएको छलफलमा प्रतिपक्षी नेकपा (एमाले)का कृष्णराज सुवेदीले विधेयक विवादित भएकोले फिर्ता लिनुपर्ने बताएका थिए ।

निजामती सेवाको गठनसम्बन्धी यो विधेयक वि.सं. २०७८ असारमा प्रदेश सभा सचिवालयमा दर्ता गरिएको थियो । सङ्घीय सरकारले निजामती सेवासम्बन्धी विधेयक पारित नगर्दै सुदूरपश्चिम प्रदेशसभाले निजामतीसम्बन्धी विधेयक पारित गरेको हो । निजामती विधेयकमा प्रदेशको जनङ्ख्याको झण्डै ६० प्रतिशत हिस्सा ओगट्ने खसआर्य समुदायतर्फ न्यून कोटा निर्धारण गरिएको भन्दै सदनबाहिर प्रदेशसभाका कतिपय सदस्य र अन्य सरोकारवालाले विरोध जनाएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर