नेपाल प्रहरी र सशस्त्रका महानिरीक्षक अमेरिका प्रस्थान

नेपाल प्रहरीका महानिरीक्षक धिरजप्रताप सिंह र सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक राजु अर्याल सोमबार राती अमेरिका प्रस्थान गरेका छन् ।

संयुक्त राष्ट्रसंघको मुख्यालय न्युयोर्कमा १५ देखि १७ भदौसम्म स‌ंचालन हुने संयुक्त राष्ट्रसंघीय प्रहरी प्रमुखहरुको सम्मेलनमा सहभागि हुन उनीहरु अमेरिका गएका हुन् ।

उनीहरुसँगै प्रहरी उपरीक्षक सविन प्रधान र सशस्त्र प्रहरी निरीक्षक केदारप्रसाद सापकोटा समेत सहभागी रहेका छन् ।

सम्मेलनमा संयुक्त राष्ट्र प्रहरी र अन्य कानून प्रवर्तन मामिलाहरूको लागि प्रणाली निर्माणसहित संयुक्त राष्ट्र प्रहरी डिभिजनको भूमिकालाई परिचालन सम्बन्धि विषयमा छलफल हुनेछ । यस्तै संयुक्त राष्ट्र प्रहरी भित्र लैङ्गिक समानतालाई अगाडि बढाउन स्वैच्छिक कम्प्याक्टको सुरुवात सहित क्षमताहरू सुदृढ गरेर संयुक्त राष्ट्र प्रहरीको कार्यसम्पादन अभिवृद्धि गर्ने जारी प्रयासहरूलाई थप मजबुत बनाउने विषयले समेत प्रमुखता पाउनेछ ।

भ्रमणकाक्रमा दुबै महानिरीक्षकले अन्य देशका प्रहरी प्रमुखहरूसँग द्विपक्षीय तथा बहुपक्षीय भेटघाट गरी साझा सुरक्षाका विषयमा समेत छलफल गर्ने कार्यक्रम रहेको छ ।

नेपाल प्रहरीमा महानिरीक्षक सि‌ंहको अनुपस्थितीमा अतिरिक्त महानिरीक्षक सहकुलबहादुर थापा र सशस्त्रमा महानिरीक्षक अर्यालको अनुपस्थितीमा अतिरिक्त महानिरीक्षक नारायण दत्त पौडेलले जिम्मेबारी सम्हाल्ने दुबै स‌ंगठनले जनाएको छ ।

 

 

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर